नेपाल बैंक लिमिटेडको दैलेखमा शाखा स्थापना

मातृभूमी संवाददाता । ०५ चैत्र दैलेख
दैलेखमा नेपाल बैंक लिमिटेडको शाखा स्थापना गरिएको छ । उक्त शाखा नारायण नगरपालिकाका दैलेखका मेयर रत्न बहादुर खड्का र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले संयुक्तरुपमा वुधवार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रत्न बहादुर खड्काले जिल्लामा उत्पादनशील क्षेत्रमा लगानी बढाई, रोजगारी र आय अभिवृद्धिमा योगदान बढाउन बैंकलाई आग्रह गरे । नेपाल बैंक लिमिटेडको सेवालाई समयानुकूल बनाउन, साना उद्यमी तथा किसानको समेत बैंकको सेवामा पहुँच स्थापित गर्न सुझाव दिए ।
त्यस्तै नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले बैंकले उपलब्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।
कार्यक्रममा उद्योग बाणिज्य सघंका अध्यक्ष कुल बहादुर बिक, नारायण नगरपालिका १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ, बिभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगाएको उपस्थिीति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!