दैलेखको ठाँटिकाँधमा सुत्केरी महिलाको संकास्पद मृत्यु

मातृभूमी संवाददाता । ०५ चैत्र दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । ठाँटिकाँध ६ की पन्ध्र दिनकी सुत्केरी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ठाँटिकाँध ६ बस्ने शेरबहादुर रोकायकी श्रीमती ३२ बर्षिष हस्तना थापा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
बुधवार स्थानीय ठाँटिकाँध बजार गएर साँझ फर्के पछि बच्चा र श्रीमान् शेर बहादुरसँगै सुतेकी हस्तनाको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी श्रेष्ठको भनाई छ । डिएसपी श्रेष्ठका अनुसार हस्ताको मृत्यु संकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेर बहादुरलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।
उनको के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट पछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए । गएको भदौ महिनामा ठाँटीकाँध गाउँपालिका १ की एक जना सुत्केरी महिलाको समेत मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *