युवाहरुमा उपार्जन र सकारात्मक सोचको विकास गर्न आवश्यक : जिल्ला न्यायधिश लामिछाने

मातृभूमी संवाददाता । ०७ चैत्र दैलेख
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले युवाहरुमा उपार्जन र सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको बताएका छन् । दैलेख सदरमुकाममा शनिवार आयोजित अन्र्तराष्ट्रिय खुशी दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यायाधीश लामिछानेले युवाहरुलाई उपार्जन र सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको वताएका हुन् ।
जिल्ला न्यायाधीश लामिछानेले नागरिकहरुमा महत्वाकांक्षा बढेको तर सरकारले उचित ढंगले काम गर्न नसकेको कारण विकास र शान्ति प्रभावित भएको टिप्पणी गरे । खुशी हरेक मान्छेका लागि आवश्यक छ तर राम्रो काम गरेर थोरै आमदामीमा सन्तुष्ट रहन सिकाउनुपर्ने आवश्यकता रहेको वताए ।
राजनीतिक दुरदर्शिताको अभावले नेपालमा खुशी बारे छलफल नै नभएको नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले टिप्पणी गरे । कार्यक्रममा खुशी सम्वन्धी अवधारणा राख्दै उनले राज्य संयन्त्रले तत्परता लिने र सबैले सघाउनुपर्ने बताए ।
कार्यक्रममा हाँस्य कलाकार तीर्थ भण्डारीको प्रस्तूतीसंगै एक जना डकर्मी मिस्त्री ज्ञानबहादुर थापा मगरले दुखजिलो गरी पढाएका छोरीहरुले सरकारी सेवामा स्थायी जागिरे भएको सन्तुष्टी सुनाएका थियो । कार्यक्रम पत्रकार अमर सुनार र मनोविमर्शकर्ता रमा श्रेष्ठले खुशी खोज्ने तरिका र मन शान्तिको माध्यम विषयमा प्रकाश पारेका थिए ।
सन् २०११ मार्च २० तारिखमा संयुक्त राष्ट्र संघको साधारणसभाले खुशी सम्वन्धी दृष्टिकोण पारित गरेको थियो । त्यस यता मार्च २० तारिकलाई अन्र्तराष्ट्रिय खुशी दिवस मनाउन थालिएको हो । खुशी बारे पहिलो पटक सन् १९७२ मा भुटानका राजाले संयुक्त राष्ट्र संघमा बहसको विषय बनाएका थिए ।
खुशी सम्वन्धी अवधारणा ल्याउने भुटानकै छिमेकी देश भए पनि नेपालमा खुशी बारे छलफल भएको छैन । अघिल्लो वर्ष सन् २०२० मा १ सय ५६ देशमा गरिएको सर्वेक्षणमा नेपाल ९२ औं स्थानमा रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । खुशीमा भुटान पहिलो स्थानमा छ ।
सन् २०१८ फेब्रुअरी १२–१४ सम्म अरब इमिरेट्समा विश्व खुशी खोजी सम्मेलन भएको थियो । त्यो सम्मेलनमा १ सय ३३ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता थियो । अरब इमिरेट्समा त्यहाँ खुशी, भविष्य, सहनशीलता र शिक्षा मन्त्रालय स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *