नेपाल पत्रकार महासंघकाे चुनावी प्रकृया आइतवार (आज) देखी शुरू
मातृभूमी संवाददाता । ०८ चैत्र दैलेख
नेपाल पत्रकार महासंघको चुनावी प्रकृया आइतवार (आज)देखि शुरु हुदैछ। यहि चैत २५ गते हुने निर्वाचनको प्रकाशित तालिका अनुसार आइतवार (आज) मतदाता नामावली प्रकाशन गरिँदैछ। आइतवार (आज) बेलुकी सवा ५ बजे सम्ममा मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। हरेक निर्वाचनमा झैं यो पटक पनि महासंघमा सदस्यताको विवाद कायम रहेको छ।
गैर पत्रकारलाई सदस्यता वितरण गरिएको लगायतका विषयमा विवाद आएपछि आइतवार (आज) बिहान पत्रकार संघ संगठनहरुको आन्तरिक छलफल चलिरहेको बताइएको छ। महासंघको संशोधित विधान अनुसार यस पटक जिल्ला, प्रदेश र केन्द्रको एकैदिन चुनाव हुदैछ।
सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ। आइतवार (आज) मतदाताको मतदाता नामावली प्रकाशन गरेपछि त्यस उपर दाबी विरोध साेमवार (भोलि) दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्न पाउने तालिका छ। यस्तै मतदाताको अन्तिम नामावली भने चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ।