द्धारी झरनासम्म सडक यसैवर्ष पुग्छ : अध्यक्ष वुढा

(तस्विर दैलेख जिल्लाकाे सवैभन्दा अग्लाे द्वारी झरना ।)

मातृभूमी संवाददाता । ०८ चैत्र दैलेख (नौमूले)
दुर्गम गाउँपालिका मध्य पर्ने एक गाउँपालिका हो नौमूले गाउँपालिका । नौमूले गाउँपालिकाका वडाहरु मध्य अझ दुगर्ममा पर्छ नौमूले गाउँपालिका ३ द्धारी । द्धारीका सवै साविकका सवै वडा तथा टोलहरुमध्यको दुगर्म हो भित्रिखोला । त्यहा सडक पुग्ला भनेर कसैले पनि कल्पना समेत गरेका थिएनन् । तर नौमूले गाउँपालिकाको पर्यटकिय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण मानिने द्धारी वुलवुले झरनाले सवैको मन मनमा सुगम नै वनाईदिन्छ । झन अवको केहि महिना भित्र त्यस झरना क्षेत्रसम्म सडकको पहुँच पुग्ने निश्चित नै छ ।
जनप्रतिनिधिहरु जनतासमक्ष पुगेसंगै जनता पनि विकासको आसामा थिएनै । विगत लामो प्रयासपछि केहि महिना भित्र भित्रिखोला पनि सडकको पहँुचमा हुनेछ । द्धारी सडकको काम तिव्र गतिमा भएसंगै यसैवर्ष भित्र पर्यटकिय क्षेत्र झरनासम्म सडक पु¥याउने लक्ष्यकासाथ काम भएको वताउँछन् नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर । ‘जनताको चाहान र मर्म अनुसारका कामहरु गर्दै आएका छांै’ अध्यक्ष वुढाले भने, ‘नौमूले वासीको विकास र समृद्धिका लागि हामि दिनरात खटेका छौ, हामिलाई जनताले कुर्चीमा वस्न भन्दा पनि जनमुखी विकास गर्न पठाएका हुन् हामि त्यहि अनुसारका काम गर्न लाग्नुपर्छ ।’ द्धारीका जनताको माग अनुसार र पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागि पनि विसेष गरी द्धारी झरना सडकलाई हेरिदै आइएको छ । नौमूले गाउँपालिकाका सवै वडामुृकामहरुमा सडक पुगीसकेको भएपनि पर्यटकको हिसावले महत्व मानिएको झरना सडक पुरा नभएकाले यसलाई यसैवर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष वुढाले वताए ।
सोमवार अर्थात आज उक्त सडकको भित्रिखोला नजिकै उद्घाटन गर्ने समेत कार्यक्रम रहेको नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोका मगरले वताए । दुर्गम गाउँमा सडक पुगेसंगै स्थानीयहरु खुसी समेत भएका छन् । सडक पुग्ने कल्पना समेत नगरेको ठाउँमा आज सडक आइपुग्दा निकै खुसी लागेको स्थानीय दिपेन्द्र खत्रीले वताए । झरना सडकले गर्दा आफ्नो गाउँलाई समेत सडकले छुदा यहाँको विकास भएको महशुस भएके वताउँछन् खत्री । सडक निर्माण भएसंगै दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहबाट करिव ५ हजार मिटर अग्लो भू–भागमा तीनचुले लेकको फेदमा रहेको झरनाको सहज यात्रा गर्न सकिनेछ । उक्त लेखको फेदिमा ६२ मिटर अग्लो पहाडै पहाडको वीचबाट झरना खसेको छ । दैलेखको द्धारीखोलाको यो बुलबुले झरनामा आन्तरिक र बाह्य पर्यटकहरु आजभेली बढेका छन् । झरनासम्म सहजै पुग्नका लागि मोटरवाटो निर्माण गरिन लागिएको वताउँछन् वडा अध्यक्ष गगनबहादुर रोका मगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *