करेन्ट लाग्दा दैलेखमा एक जनाको मृत्यु

मातृभूमी संवाददाता । ३१ चैत्र दैलेख

जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ को राउटे गल्छीना नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । विद्युत पोलमा तार खिचिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा एक जनाको निधन भएको उनको भनाई छ । अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको र प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्ति को हुन भन्ने खुल्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *