सुर्खेत कोरोना अति प्रभावित क्षेत्र घाेषणा, नेपालमा थप पाँच जनाको मृत्यु

मातृभूमी संवाददाता । ०२ बैशाख दैलेख
नेपालमा कोरोनाका थप ५ सय ३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षणबाट ४ सय ९० तथा ५ सय ६४ जनाको एन्टिजेन परीक्षणबाट ४४ गरी ५ सय ३४ जनामा संक्रमण देखिएको हो ।
जसमा काठमाडौं उपत्यकाका एक सय ९६ जना हुन् । काठमाडौंका १ सय ४५, ललितपुरका ४३ तथा भक्तपुरका ८ जना हुन् । त्यस्तै कास्कीका ३८, रुपेन्देहीका १६ तथा दाङ र मोरङ्गका समान १३ जना संक्रमित थपिएका छन् ।
थपिएका उमेर समूहमा २० वर्ष मुनिका ५२ जना, २० देखि २९ वर्षका १ सय ७ जना, ३० देखि ३९ वर्षका एक सय १४ जना, ४० देखि ४९ वर्षका ९२ जना तथा ५० देखि ५९ वर्षका ७२ जना हुन् । अहिलेसम्म १० वर्षसम्मका बालबालिका संक्रमित हुनेको संख्या ६ हजार ५ सय ८६ रहेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ रहेको छ । बिहीबार थप ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार ६६ पुगेको छ । अहिलेसम्म २ लाख ८२ हजार ५४ जना संक्रमित भएका छन् । बिहीबार एक सय ५७ थपिएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयको ८ बुँदे अनुरोध : तोक्यो अति प्रभावित १४ जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गरेका हुन् ।
मन्त्रालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार भूमिका खेल्न अनुरोध गरेको छ ।
मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाको नामसमेत सार्वजनिक गरेको छ । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालयमा सहभागी नहुन र हुनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ ।
सबै अस्पताललाई कोरोनाको परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *