एसएनभिकाे पुर्नःताजकी तालिम सम्पन्न

मातृभूमी संवाददाता । ०३ बैशाख दैलेख

एसएनभी नेपालको सहयोगमा एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको समावेशी र दीगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाका कर्मचारीहरुका लागि ३ दिने पुनरताजगी तालिम शुक्रवार दैलेखमा सम्पन्न भएको छ ।
परियोजना कार्यक्षेत्र महाबु, ठाँटीकाँध, डुंगेश्वर र गुराँस गाउँपालिकामा कार्यरत ८ महिला सहित २३ जना कर्मचारीहरुलाई ५ वर्षे परियोजना अवधिमा हाल ३ वर्षमा गरिएका कामको समीक्षा र बाँकी २ वर्षको प्रभावकारी कार्ययोजना विषयमा अुनशिक्षण गरिएको एभरेष्ट क्लवका कार्यकारी निदेर्शक कमल खड्काले बताए ।
तालिममा लैंगिक समानता, सामाजिक समावेशीकरण, स्वास्थ्य, खानेपानी तथा सरसफाईको उचित व्यवस्थापन, आरोग्यताका लागि चर्पीको प्रयोग र मर्यादित महिनावारी विषयमा सैद्धान्तिक र व्यवहारिक प्रयोग सन्दर्भ पुनरताजगी गराइएको थियो ।
खानेपानी तथा सरसफाई सवालका ती विषयमा एसएनभी नेपालका लैंगिक समता तथा सामाजिक समावेशी (जेसी) सल्लाहकार सावित्री ढकाल, प्राविधिक अधिकृत शोभा क्षेत्री, जेसी अधिकृत संगीता अधिकारी र परियोजनाका दैलेख संयोजक रामप्रकाश सिंहले सहजीकरण गरेका थिए ।
एसएनभी नेपालको सहयोगमा एभरेष्ट क्लव दैलेखले सञ्चालन गरेको समावेशी र दीगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले परियोजना कार्यक्षेत्र महाबु, ठाँटीकाँधm डुंगेश्वर र गुराँस गाउँपालिकामा खानेपानीका आयोजना सञ्चालन, आयोजनाको दीगोपना र सामाजिक विकासमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *