दैलेखकी कोरोना संक्रमित महिलाको भेरी अस्पताल बाँकेमा मृत्यु

मातृभूमी संवाददाता । ०५ बैशाख दैलेख
दैलेखकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचाररत नारायण नगरपालिका १ दैलेखकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणका काराण मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार गराईरहेकी उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।
यसैगरी बाँकेको भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका १ बर्दियाका ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको छ । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका ८ निवासी ७८ वर्षीया महिलाको पनि मृत्यु भएको स्रोत व्यक्तिले ओलीले जानकारी दिए । उपचारका लागि बाहिरी जिल्लाबाट भेरी अस्पताल बाँके पुगेका कोरोना संक्रमितको मृत्यु हुने संख्या ९६ पुगेको छ भने बाँके जिल्लाका ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *