अपडेट : दैलेखमा बस दुर्घटना ११ जना घाइते

मातृभूमी संवाददाता । ०५ बैशाख दैलेख
दैलेख सुर्खेत सडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ । सुर्खेतबाट दैलेख तर्फ आईरहेको यात्रुवाहक बस दैलेख सुर्खेत सडक खण्डको गुराँस गाउँपालिका २ गाईबान्ना नजिक आइतवार दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
कणर्ाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटना हुुँदा यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
दुर्घटना लगतै रानीमत्ता प्रहरी चौकीको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको र अहिले घाइते ११ जना सबैको उपचार सुरु भएको डिएसपी श्रेष्ठले वताए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठको भनाई छ ।
दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए । १८ जना यात्रुलाई सामान्य चोट लागेको र उनीहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि आ-आफ्नो गन्तव्यमा हिडेको बताइएको छ । दुर्घटना के कारण भयो भन्ने अहिले नखुलेको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस आइतवार दिउँसो दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *