दैलेखमा सामुहिक आत्महत्या गर्नेकाे संख्या वढ्दाे

PHOTO : GOOGLE

मातृभूमी संवाददाता । ०९ वैशाख दैलेख
दैलेखमा पछिल्लो समय सामूहिक आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । महिनादिन अघि राकमकर्णालीस्थित कर्णाली नदिमा र डुगेश्वर गाउँपालिकाको एक गाउँमा आमाले छोराछोरी सहित सामूहिक आत्महत्याको प्रयास सेलाउन नपाउँदै फेरी परिवारका ३ जना सदस्यले आत्महत्या गरेका छन् ।
दैलेख सदरमुकामस्थित नमुना बस्तीमा डेढ महिनाभित्र एउटै घरका ३ जनाले आत्महत्या गरेका छन् । डेढ महिनामा दुई छोरी सहित आमाले पनि आत्महत्या गरेकी हुन् । एक छोरी र आमाले घरभित्रै आत्म हत्या गरेका हुन् भने, अर्को छोरीले घर बाहिर रहेको मेहेलको बोटमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
आत्महत्या गर्नेहरुमा आमा ३७ वर्षीया जानकी बादी, छोरीहरु २७ वर्षीया जमुना वादी र १८ वर्षीया तुल्सी वादी रहेका छन् । तुलसीको विहे भएको थिएन् । तुलसी र जानकीले घरभित्रै कोठामा आत्महत्या गरेका थिए भने जमुनाले घर बाहिर रहेको मेहेलको बोटमा झुण्डिएर आत्महत्या गरेको दैलेख प्रहरीले जानकारी दिएको छ । आत्महत्या गर्नेको संख्याले विकराल रुप लिएको छ । घरेलु झगडा र गरिबीकै कारण आत्महत्याको बाटो रोजेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए ।
मदिरा सेवन, बेरोजगार, आर्थिक अवस्था कमजोर, सामाजिक सञ्जाल र बढ्दो प्रविधिको प्रयोगले आत्महत्याको दर बढ्दै गएको प्रहरीले जनाएको छ । बादी समुदायकी अगुवा पवा बादीका अनुसार डेढ महिनाभित्र एउटै परिवारका ३ जनाले आत्महत्या गरेपछि बस्तीमै त्रास फैलिएको छ । बस्ती आसपास रातमा विभिन्न आवाज आउन थालेपछि स्थानीयहरु त्रसित छन् । समुदायका अधिकांस मजदुरी गर्ने गर्दछन् ।
त्यस्तै फागुन २३ साँझ दैलेखको आठविस नगरपालिका ३ निमायल बस्ने ३५ वर्षीया सुकी बढुवाल आफूसहित चार छोराछोरी लिएर कर्णालीमा हाम फालेर आत्महत्या गरेकी थिईन् । त्यस्तै डुंगेश्वर गाउँपालिकामा एक महिलाले २ छोरी सहित आत्महत्या प्रयास गरेकी थिईन् । तर एक छोरी भने भागेर बचेकी थिईन् । स्थानीयले घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल लगेर बचाएका थिए । जिल्लामा आत्महत्याको दर घटाउने सरकारी तवरबाट बेरोजगारलाई रोजगारी र विभिन्न जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने अधिकारकर्मीहरु बताउँछन् ।

काेराेनाले मृत्यु हुने भन्दा कर्णाली प्रदेशमा आत्महत्या गर्नेकाे संख्या ८ गुणा वढी

कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुने भन्दा आत्महत्या गर्नेको संख्या ८ गुणा बढी भएको तथ्यांक छ । तथ्यांक अनुसार कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ भने २ सय ६९ जनाले आत्महत्या गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्त सम्म सुर्खेतमा ९९, दैलेखमा ४२, जाजरकोटमा २१, रुकुममा २५, सल्यानमा ५५, जुम्लामा १३, कालिकोटमा ९, गुगुमा ३ र हुम्लामा २ जनाले आत्महत्या गरेका छन् । तथ्यांकले अघिल्ला वर्षहरुमा भन्दा कोरोना कहर सुरु भएपछि आत्महत्या गर्नेको संख्या बढेको देखाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा सुर्खेतमा ९५ जना, दैलेखमा ३९ जना, जाजरकोटमा ७ जना, रुकुममा २६ जना, सल्यानमा ६० जना, जुम्लामा १२ जना, डोल्पा र हुम्लामा एक/एक जना, मुगुमा दुई जना र कालिकोटमा १२ जना गरी २ सय ५५ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेतमा ९८ जना, दैलेखमा ३८ जना, जाजरकोटमा ६ जना, रुकुममा ३२ जना, सल्यानमा ५० जना, जुम्लामा १० जना, हुम्लामा एक जना, मुगुमा ६ र कालिकोटमा ९ जना गरि २ सय ५० जनाले आत्महत्या गरेका थिए ।
आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा १ सय २८ जनाले आत्महत्या गरेका थिए । दैलेखमा ४३ जना, जाजरकोटमा ६ जना, रुकुममा २६ जना, सल्यानमा ६५ जना, जुम्लामा ११ जना, डोल्पामा एक जना, हुम्लामा दुई जना र कालिकोटमा चार जना गरि २ सय ८६ जनाले आत्महत्या गरेका थिए ।

किन बढ्दै छ आत्महत्या ?

प्रदेश स्वास्थ्य निर्देशनालय कर्णालीका निर्देशक डा. रविन खड्काले बेरोजगारीका कारण आत्महत्या बढेको हुनसक्ने अनुमान गरेका छन् । ‘पछिल्लो समय आर्थिक संकट बढिरहेको छ, जसबाट उत्पन्न तनाव खप्न नसकेर आत्महत्या गर्नेहरु बढेका हुनसक्छन्’, उनी भन्छन्, ‘पारिवारिक कलह पनि आत्महत्याको अर्को प्रमुख कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *