नेपालमा विहिवार २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिए

मातृभूमी संवाददाता । ०९ वैशाख दैलेख
नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ । बिहीबार २ हजार ४ सय २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ पीसीआर परीक्षणबाट २ हजार ३ सय ६५ तथा ४ सय ४७ एन्टिजेन परीक्षणबाट ६३ जना गरी २ हजार ४ सय २८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ९२ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्रै १ हजार १ सय ७४ जना रहेका छन् । जसमा काठमाडौंका ९ सय ८७, ललितपुरका १ सय ६ तथा भक्तपुरका ८१ जना थपिएका छन् ।
यसैगरी बाँकेमा २ सय ७७, रुपन्देहीमा १ सय २५, मोरङमा १ सय १३, पर्सामा ७९, पाल्पामा ४२, बर्दियामा ३१ तथा गुल्मीमा १० जना थपिएका छन् ।
नयाँ थपिने संक्रमितमा १९ वर्ष मुनिका २ सय ३९ जना, २० देखि २९ वर्षका ५ सय ७५ जना, ३० देखि ३९ वर्षका ५ सय ५५ तथा ४० देखि ४९ वर्षका ४ सय ४० जना हुन् । बुधबारमात्र २ हजार ३ सय ५१ जना संक्रमित थपिएका थिए ।
योसँगै हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको छ । बिहीबार ५ जना मृतक थपिएसँगै कुल मृतकको संख्या ३ हजार १ सय १७ पुगेको छ । बिहीबार २ सय ५२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ लाख ७६ हजार ३ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *