लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त, अझै अप्ठेरोमा

मातृभूमि संवाददाता । १९ वैशाख बुटवल

एकल बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको शपथको समय भने तय भएको छैन । पोखरेलले बिहान राजीनामा दिएपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो । सोही अनुसार पोखरेलले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

मुख्यमन्त्रीमा पुनर्नियक्त भएलगत्तै शंकर पोखरेलल फेरि अर्को समस्यामा परेका छन् । नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्यले आज उनको पुनर्नियुक्तप्रित असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा  उनीहरूले असन्तुष्टि जनाउँदै आइतबार पदबाट राजीनामा दिएका हुन् । कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन् ।

यद्यपि शाहीले आफूले पदबाट राजीनामा नदिएको र नेकपा माओवादी-नेपाली कांग्रेस गठबन्धनलाई सघाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *