एमाले विभाजनतर्फ, एकता जोगाउन दोस्रो तहका नेताहरुको दौडधुप तीव्र

मातृभूमी राजनितिक व्युराे । २५ बैशाख काठमाण्डाै

नेकपा (एमाले) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि नेताहरुको दौडधुप तीव्र बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै अहिले दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले विनासर्त सहयोग गर्नुपर्ने अडान राख्दै आएका छन् । तर, नेपाल समूहले भने पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रवार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ । यता, नेपाल समूहका २० सांसदले मात्रै राजीनामाको तयारी भएको बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल समूहकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बूढानीलकण्ठमा बनेको बताइन्छ । ओली आफ्नो अडानबाट पछि नहटे नेपाल समूहले नयाँ दल दर्ता गराउनेछन् । सोहीमार्फत नेपाल समूह उपनिर्वाचनमा महागठबन्धन बनाएर होमिनेछ । राष्ट्रिय सभा उपनिर्वाचन जस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!