नेपालमा काेराेना जित्नेकाे संख्या २ लाख ९५ हजार ३ सय वढि

मातृभूमी संवाददाता । २५ बैशाख काठमाण्डाै

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजा ९ सय ५ जनाले २४ घण्टामा कोरोना संक्रमणलाइ जितेर घर फर्किएका छन् ।  मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ जनाको पीसीआर गर्दा ९ हजार २३ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ पुगेको छ ।

कुल संक्रमित ३ लाख ७७ हजार ६ सय ३ जना रहेको नेपालमा दुई लाख ९५ हजार ३ सय ९५ जना निको भएका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ८० जना क्वोन्टाइनमा रहेका छन् । वितेकाे २४ घण्टामा काेराेना संक्रमणवाट ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणवाट मृत्यु हुनेकाे संख्या ३ हजार ५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!