दैलेखमा कोरोनावाट ११ जनाको मृत्यु, ३ सय ५५ जना संक्रिय संक्रमित

मातृभूमी संवाददाता । २५ बैशाख दैलेख
दैलेखमा कोरोना संक्रमणवाट ११ जनाको मृत्यु भएको छ । यहि बैशाख २३ गते (विहिवार) साँझ नारायण नगरपालिका ८ का ५२ वर्षिय पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
दैलेखमा जम्मा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३७ पुगेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार यो वर्ष ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३७ पुगेको हो । यो वर्ष २ सय ४८ जनाको पिसिआर परिक्षण गर्दा ९५ जना र २ हजार ७ सय ३७ जनाको एन्टिजेन परिक्षण गर्दा २ सय ४८ जना गरी ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए ।
दैलेखका १ हजार ५ सय ७१ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । हाल जिल्लामा ३ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार हाल दैलेख अस्पतालको आइसोलेसनमा २७ जनाको उपचार भैरहेको छ भने ३ सय २८ जना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *