गाउँपालिका प्रवेश गर्न पिसिआर रिर्पोट अनिवार्य : अध्यक्ष वुढा
दैलेखको नौमूले गाउँपालिकाको वडा नं. ७ र ८ लाई सिल गरिएको छ । नौमूले गाउँपालिका ८ चौराठाका ४८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि नौमूले गाउँपालिका वडा नं. ७ र ८ लाई सिल गरिएको नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।
दैलेख अस्पतालका डा. सुशिला कटुवालका अनुसार दैलेख अस्पतालको आइसोलेनमा उपचाररत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । ‘आइसोलेसन अस्पतालमा भर्ना भएदेखि नै उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो,’ डा. कटुवालले भनिन्, ‘हामीले उपचारका विभिन्न उपाए अपनाउँदा पनि बचाउन सकेनौँ ।’
अहिले नौमूले गाउँपालिकाको वडा नं. ७ र ८ लाई पुणर्रुपमा सिल गरिएको अध्यक्ष वुढाको भनाई छ । गाउँपालिकाका अध्यक्ष वुढाका अनुसार नौमूले गाउँपालिकामा वाहिरवाट आउने नागरिकलाई प्रवेशमा रोक लगाईएको छ ।
अध्यक्ष वुढाले भने, ‘नौमूलेमा प्रवेश गर्ने नागरिकले पिसिआर नेगेटिभ आएको रिर्पोट देखाउनु पर्नेछ । हाललाई नौमूले गाउँपालिकाको वडा नं. ७ र ८ लाई आईतवारदेखी अर्को सूचना जारी नहुने वेलासम्मका लागी सिल गरिएको हो ।’