दैलेखकाे ठाँटिकाँधमा कोरोनावाट १ जनाको मृत्यु

मातृभूमी संवाददाता । २९ वैशाख दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिमा कोरानावाट १ जनाको मृत्यु भएको छ । दैलेखको ठाँटिकाँध गाउँपालिमा कोरानावाट १ जनाको मृत्यु भएको हो । बुधवार साँझ ३२ बर्षीया युवकको कोरोना संक्रमणवाट मृत्यु दैलेख अस्पतालको आईसोलेसनमा १ युवकको मृत्यु भएको हो । ठाँटीकाँध गाउँपालिका ५ तोलीजैसीका ३२ वर्षिय युवकलाई अस्पताल पुर्‍याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याईपुर्‍याए लगत्तै उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डा. सुशिला कटुवालले जानकारी दिइन् ।
डा. कटुवालका अनुसार मृतक पुरुषमा स्वास्थ्यमा समस्या देखिएपछि परिवारको सहयोगमा उनलाई बुधवार विहान ठाँटीकाँध गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याईएको थियो । त्यहाँ गरिएको एन्टिजेन परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा ल्याई पुर्‍याएको मृतकका आफन्तले बताएका छन् ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय ५५ पुगेको छ । मंगलवार थप ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार हालसम्म १ हजार ६ सय १६ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय २५ रहेको छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३७ जना कोरोनाका बिरामी उपचाररत छन् भने ४ सय ८८ जना होम आइसोलेसनमा रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *