स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

मातृभूमी संवाददाता । ०३ जेष्ठ दैलेख
स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले दैलेख अस्पताल तथा RT-PCR ल्याब दैलेखलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । युएसएआडिको आर्थिक सहयोगमा संचालित स्वास्थ्यको लागि सक्षम प्रणालीका हेल्थ इमर्जेन्सी एन्ड सर्भिलेन्स अफिसर भक्त बहादुर नेपालीले २ वटा (-20 & -80 freeze), Centrifuge Machine, Oxygen Cylinder-पावर ब्याक अप युनिट, Automatic RNA Extraction Machine, Vortex Machine, RT-PCR Lab Incharge दिलिप केसीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्यको लागि सक्षम प्रणालीले पहिला पनि हेल्थ इमर्जेन्सीको बेला, आइसोलेसन, तथा ११ वटै पालिकाका हरेक हेल्थ पोष्टमा कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथाम (IPC) सामाग्रीहरु (मास्क, स्यानिटाइजर, Hypochlorite, Sprayar Tank 6k, Surgical Mask तथा युटिलिटी Gloves) रेकर्डिङ एबम रिपोर्टिङमा सहयोग गर्दै आएको छ भने CICT District TOT, CICT Palika level Orientation, कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धि (IPC) District TOT, र ७ वटा पालिकामा Palika level orientation सम्पन्न गरिसकेको छ भने बाँकी ४ वटा पालिकामा छिट्टै संञ्चालन गर्ने योजना रहेको हेल्थ इमर्जेन्सी एन्ड सर्भिलेन्स अफिसर भक्त बहादुर नेपालीले बताए ।
दैलेख जिल्लामा, कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागी स्वास्थ्यको लागि सक्षम प्रणालीले विभिन्न १९ प्रकारका स्वास्थ्य सामाग्री सहयोग गरेको हेल्थ इमर्जेन्सी एन्ड सर्भिलेन्स अफिसर भक्त बहादुर नेपालीले जानकारी दिए ।

स्वास्थ्य सामाग्री यस प्रकार छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *