पूर्व सहायक मन्त्री डा. शाहीको निधन

मातृभूमी संवाददाता । ०७ जेठ दैलेख
पूर्व आपूर्ति सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको गएराति काठमाण्डौंमा निधन भएको छ । उनी २०४३ को आमनिर्वाचनबाट तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएपछि तीन वर्ष सहायक मन्त्री वनेका थिए ।
आठ वर्षदेखि दम रोगले ग्रसित ७७ वर्षीय डा. शाहीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको उनका नाति शिक्षा सरोकार केन्द्रका निर्देशक मीनबहादुर शाहीले जानकारी दिए ।
डा. शाही कर्णाली प्रदेशकै पहिलो र नेपालको चौथो पीएचडी गर्ने व्यक्ति हुन् । २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।
दुल्लू नगरपालिका–१० गमौडीमा जन्मिएका डा. शाहीले ‘प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धी’ नामक विकास विवेचना पुस्तक समेत लेखेका छन् । पुस्तकमा २००७ साल यताको भौतिक विकास निम्ति योजना निर्माण र कार्यान्वयनमा देखिएका समस्या केलाइएको छ ।
उनको जन्म २००१ जेठ ५ गते दैलेखको दुल्लू नगरपालिका–१० गमौडीको सातखम्बमा भएको हो । उनका दुई श्रीमति, एक छोरा र चार छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *