काम राम्रो गरे मात्र हस्ताक्षर गर्छु : उपाध्यक्ष सिंह

मातृभूमी संवाददाता । १६ जेष्ठ दैलेख
नौमूले गाउपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक अमृता सिंहले उपभोक्तले काम काम राम्रो गरेमात्र आफुले अनुगमन मुल्यांकन पुस्तीकामा हस्ताक्षर गर्ने वताएकी छन् । योजनाको भुक्तानीका लागि अनुगमन समितिको हस्ताक्षर अनिवार्य हुने हुँदा संयोजक सिंहले योजना अनुगमनको क्रममा प्राविधिक स्टिमेट अनुसार राम्रो काम भए मात्र आफुले अनुगमन पुस्तीकामा हस्ताक्षर गर्ने वताइन् ।
शुक्रवार राइली-भाङघारी सडकको अनुगमनको क्रममा संयोजक सिंहले उपभोक्तालाई योजना दिगोपन वनाउनुपर्नेमा सवैको जिम्मेवारी भएको हुदा राम्रोसंग काम गर्न सुझाव दिएकी थिइन् । कोरोना महामारीको समयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर नौमूले गाउँपालिका भित्र संचालित सवै योजनाहरुको अनुगमन गरेकी सिंहले आफ्नो पराई नभनी काम नभए भुक्तानीका लागि सिफारिस गर्न नसकिने वताइन् । अनुगमनका क्रममा योजना शाखाका शेरवहादुर शाहीले योजनाको काम के कती भएको छ उक्त आधारमा मुल्यांकन गरीने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!