वेथिति श्रृंखला-२७ : सहयोगीको भरमा स्वास्थ्य इकाई, हाजीर हुन्छ कर्मचारी हुँदैनन्
मातृभूमि संवाददाता । २३ जेष्ठ दैलेख
नौमूले गाउँपालिमा ३ द्धारीको भाडेँमा रहेको कागते सामुदायिक स्वास्थ्य इकाई दिनहुँ सहयोगीको भरमा संचालन हुने गरेको पाइएको छ । दरवन्दी स्वास्थ्य इकाई प्रमुखको भएपनि हाजिर लगाउन मात्र कार्यालय पुग्ने गरेको त्यहाँका स्थानीयले गुनासो गरेका हुन् ।
नौमूले गाउँपालिकाको दुर्गम मानिने भाँडेको कागतेमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयमा कार्यरत कर्मचारी ज्वाला चन्द महिनाको केहि दिन मात्र वसेर हाँजिर मिलाएर घर वस्ने गरेको स्थानीयले आरोप लगाएका छन् । सामुदायिक स्वास्थ्यमा कर्मचारी नहुँदा विरामी भएको वेला औषधी पनि कार्यालय सहयोगीले दिने गरेको भाँडेका एक स्थानीयले मातृभूमि अनलाइलाई वताए । ‘हाजिरका लागि मात्र स्वास्थ्य चौकीमा कर्मचारी आएर हाजिर लगाएर फर्किने गर्नुहुन्छ’ उनले भने, ‘जहिले स्वास्थ्य इकाई औषधी लिन पुग्यो इकाई प्रमुखलाई कहिल्यै भेटिदैन ।’
नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोका मगरले पटक पटक कार्यालयमा नियमित भई स्वास्थ्य सेवा दिन आग्रह गर्दा पनि सामुदायिक स्वास्थ्य इकाई प्रमुख ज्वाला चन्दले अटेरी गरेको वताए । ‘हामिले वारम्वार कार्यालय आउनुस् आफ्नो काम गर्नुुस् भन्यौं उहाले त्यसलाई वेवास्था गर्नुभयो’ अध्यक्ष रोकाले भने उहाले एक महिनाको हाजीर एक पटक आएर मिलाउने कामको कुनै वास्था गर्नुहुदैन ।’
उता प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले यस विषयमा तुरुन्त वुझि आवश्यक प्रक्रिया अगाडि वढाउने वताए । यो महामारीकोबेला काम गर्ने क्रममा कर्मचारीलाई कुनै आफ्ठ्यारो भएमा त्यसको समाधन गर्न आफु पछाडि नहट्ने वताउँदै उनले कुनै कर्मचारीले सेवाग्रहीलाई सेवा दिन आफ्नो स्थानवाट कुनै कमी नराखी सेवा दिन पनि आग्रह गरेका छन् ।