प्रधानमन्त्री रोजगार कार्यक्रममा वेथिति, बालबालिका प्रयोग
मातृभूमी संवाददाता । २९ जेष्ठ दैलेख
दैलेख जिल्लामा संचालन भैरहेका प्रधानमन्त्री रोजगार कार्यक्रममा बालबालिका प्रयोग गरेको पाईएको छ । मातृभूमी संचार केन्द्र नेपालद्धारा संचालित मातृभूमी डिजिटल पत्रिकाले गरेको स्थलगत अधयानका क्रममा जिल्लाका अधिकांस ठाउँमा बालबालिका प्रयोग हुने गरेको पाईएको हो । शनिवार गरिएको स्थलगत अध्यानमा नारायण नगरपालिका ६ मा बालबालिकाले काम गरिरहेको पाईएको छ । शनिवार नारायण नगरपालिका ६ को विजौरामा गरिएको अध्यानका क्रममा धेरैजसो बालबालिकाले काम गरिरहेको पाईएको हो ।
नारायण नगरपालिका ६ विजौरामा संचालन भैरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने अधिकांस बालबालिका रहेको, कामदार दिनभरी प्रायजसो वसेर दिन कटाउने गरेको नाम नछाप्ने शर्तमा एक स्थानीयले वताए । उनले भने, ‘यहाँ काम गर्न आउने प्राय बालबालिका छन् । उनीहरु ठुलो काम गर्न सक्दैनन् । अनि दिनभर वसेर दिन विताउँछन् । विहान ११/१२ वजे आउँछन्, वेलुका पनि जाने ठेगान हुँदैन ।’
यता नारायण नगरपालिकाका मेयर रत्नवहादुर खड्काले नगरपालिकामा संचालन भैरहेका प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी अनुगमन गरिने वताएका छन् । मेयर खड्काले भने, ‘नगरपालिका क्षेत्रमा संचालन भैरहेका रोजगार कार्यक्रम मार्फत संचालन भैरहेका योजनाको प्रभावकारी अनुगमन गरी यदि काम नगरेर दिन विताउने, बालबालिका प्रयोग गरेको पाईए कारवाही प्रक्रिया वढाईने छ ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सम्वन्धीत निकाय र संचार माध्यामले जिल्लामा संचालन भैरहेका विकास निर्माण लगाएतका कार्यक्रम निगरानी गरी खवरदारी गर्न अनुरोध गरेका छन् । हामीसँग टेलिफोनमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले कुनै विकास निर्माणका कार्यमा बालबालिका प्रयोग गरेको पाईए सह्य नहुने वताएका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘जिल्लामा संचालन हुने कुनै पनि विकास निर्माणका काममा बालबालिका प्रयोग गरेको पाईए सह्य हुने छैन । मैले नारायण नगरपालिका दैलेखका मयेरसावलाई पनि यस विषयमा जानकारी गराई सकेको छु ।’