नेपालमा काेराेना संक्रमण भन्दा निकाे हुने दर वढ्दाे, ६ हजार २ सय ९४ संक्रमणमुक्त

मातृभूमी संवाददाता । २९ जेष्ठ काठमाण्डाै

नेपालमा थप ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ८ हजार ५ सय ६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २ जना गरी ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ५ सय ९८ जना छन् । जसमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको दर बढी रहेको छ । हाल देशमा निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ । नेपालमा पछिल्लो पटक मृत्युदर १ दशमलव ६ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *