दैलेखमा विद्यार्थी भर्ना सुरु, पठनपाठन अन्योलमा

मातृभूमी संवाददाता । ०७ असार दैलेख
कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी शैक्षिक सत्र सुरु भएपनि नियमित पठनपाठन कहिलेदेखी सुरु गर्ने भन्ने विषयमा विद्यालय अन्योलमा छन् । विषेशगरी वैशाखदेखी सुरु हुने भएपनि कोरोनाका कारण गत वर्षदेखी केहि ढिला सुरु भएको शैक्षिक सत्र यस वर्ष पनि केहि ढिला गरी सुरु भएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएपछि दैलेखका केहि विद्यालयले भने भर्ना अभियान र पाठ्यपुस्तक वितरणको काम सुरु गरेका छन् । तर सहजरुपमा पठनपाठन कहिलेदेखी सुरु हुने भन्ने अन्योलमा छन् ।
दैलेखको नारायण नगरपालिका ८ तर्ताङस्थित सरस्वती माध्यामिक विद्यालयले यहि असार १ गतेदेखी १५ गतेसम्म भर्ना अभियानसँगै पाठ्यपुस्तक वितरण गर्न थालेको छ । विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारका अनुसार विद्यालयले यहि असार १ गतेदेखी १५ गते सम्म विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणको अभियान संचालन गरेको भएपनि भर्ना सकिए लगतै पढाई हुने छाँटकाँट भने छैन ।
सहायक प्रधानाध्यापक जिसीले भने, ‘अहिले विद्यार्थी भर्ना लिने र पाठ्पुस्तक वितरण गर्ने काम गरिरहेका छौँ । सायद असारको महिनाभर पढाई सम्भव छैन तर साउन १ गतेदेखी आलोपालो र स्वास्थ्यका मापदण्ड पालना गरी पढाईलाई निरन्तरता दिने योजना वनाएका छौँ र त्यो सम्भव पनि छ ।’
यस्तै दैलेखको भैरवी गाउँपालिका रावतकोट स्थित पञ्चदेवल माध्यामिक विद्यालयले असार २ गतेदेखि १६ गतेसम्म भर्ना अभियान सुरु गरेको छ । पठनपाठन भने अन्योलमै रहेको विद्यालयका कर्मचारी सोविन कुमार थापाले बताए । ‘पहिला भर्ना अभियान सकेपछि पुस्तक वितरण गर्नेछौं,’ उनले भने, ‘लकडाउन खुलेन भने विद्यार्थी आफैंले घरमै बसेर स्वअध्ययन गर्नेछन्, अनलाइन कक्षा त पढाउन सकिने अवस्था नै छैन ।’
जिल्लाका सामुदायिक विद्यालयको जस्तै अवस्था संस्थागत विद्यालयको पनि छ । दैलेखको अव्वल मानिने फुलवारी विद्या मन्दिरले यहि असार ७ गतेवाट विद्यार्थी भर्ना कार्यक्रम संचालन गर्न लागेको भएपनि पठनपाठन कहिलेदेखी सुरु गर्ने भन्ने अन्योलमा छ ।
विद्यालयका फाउण्डर तथा प्रिन्सिपल सुवास थापाका अनुसार असार ७ गतेदेखी १५ दिनसम्म भर्ना कार्यक्रम संचालन हुनेछ । थापाले भने, ‘भर्ना प्रक्रिया सुरु गरिने भएपनि पठनपाठन कहिलेदेखी सुरु हुन्छ यसै भन्न सकिने अवस्था छैन तर साउनको पहिलो हप्तादेखी विद्यालय संचालन गर्ने योजना छ ।’
थापाले शिक्षा विकास तथा समन्वय ईकाइ र नगर शिक्षा समितिले अनुमति दिए आगामी साउनदेखी आलोपालो कक्षा संचालन गर्न तयार रहेको वताए । सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका सम्पुणर् मापदण्डहरु पालना गरेर विद्यालय संचालन गर्न सकिने र यसका लागी सरोकारवाला निकायले पहल गर्नुपर्ने वताए ।
यहाँका अधिकांश विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा अघिल्लो शैक्षिक सत्रको नतिजा निकालेर भर्ना अभियान सुरु गरिसकेका छन् । यसअघि कणर्ालीका हिमाली जिल्ला बाहेक अन्य जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु हुने गरेकामा यो वर्ष कोरोनाका कारण शैक्षिक सत्र असार १ गतेदेखि सुरु भएको हो ।
कणर्ाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका सबै सामुदायिक विद्यालयले भर्ना अभियान सुरु गरिसकेका छन् । कोरोना संक्रमणको दर न्यून नहुन्जेल तत्कालका लागि वैकल्पिक विधिबाटै पठनपाठन अघि बढाउन निर्देशन दिइएको भए पनि कणर्ालीको भौगोलिक विकटताको कारण चुनौती भइरहेको निर्देशनालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *