रेडियो शिक्षा कार्यक्रम मार्फत पठनपाठन

मातृभूमी संवाददाता । ०८ असार दैलेख
नारायण नगरपालिकाले स्थानीय एफ. एम. मार्फत रेडियो शिक्षा कार्यक्रम संचालन गरि पठनपाठन संचालनमा ल्याएको छ । कोभिड संक्रमणको त्रासले विद्यालयहरु वन्द रहेको अवस्थामा स्थानिय एफ. एम. रेडियो मार्फत विषयगत रुपमा कक्षा संचालन शुरु गरिएको नारायण नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सदरमुकाममा रहेका रेडियो ध्रुवतारा सामुदायिक एफ. एम. ८९.८ मेगाहर्ज र रेडियो ज्वाला सामुदायिक एफ. एम. १००.४ मेगाहर्ज मार्फत असार ६ गतेदेखि तिनवटा विषयमा अध्यापन गराईरहेको वुझिएको छ । ति दुईवटा सामुदायिक एफ. एम.वाट कक्षा ८ र १० का विधार्थीलाई लक्षित गरि अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन गराएको नारायण नगरपालिका दैलेखका, शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले जानकारी दिएका छन् ।
उनका अनुसार ति एफ. एम.वाट कक्षा १० का विधार्थीले तिनवटा विषयमा प्रत्येक दिन विहान ८ वजेदेखि ९ वजेसम्म र कक्षा ८ का विधार्थीले वेलुका ४ वजेदेखि ५ वजेसम्म अनुभवी विषयगत शिक्षकवाट पाठ्यपुस्तक अनुसार सिक्न पाउने भएका छन् ।
विधालय वन्द हुँदा विद्यार्थीहरुको शैक्षिक सिकाईमा प्रत्यक्ष असर परेकोले नगर शिक्षा समितिले निणर्य गर्दै सिकाई सहजीकरण गरिएको र रेडियोवाट अध्यापन गराउँदा विद्यालय सेवा क्षेत्रभित्र रहेका विद्यार्थीहरुको पहुँच पुगे नपुगेको निरीक्षण र अनुगमन गर्ने साथै आवश्यक सहयोग जुटाई दिने भनि विद्यालयलाई पत्राचार समेत गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशमवहादुर वुढाले जानकारी दिएका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको प्रभावले विद्यालयमा भौतिक रुपमा उपस्थित गराई शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न नसकिएको अवस्थामा वैकल्पीक रुपमा रेडियो मार्फत शिक्षण क्रियाकलाप गरि विद्यार्थीहरुलाई शिक्षण सिकाई सुविधा प्रदान गर्न खोजिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।
यसरी स्थानीय रेडियो मार्फत शिक्षण सिकाई क्रियाकलाप संचालन गर्दा विद्यालय वन्द भएर विद्यालय जान नपाएका विद्यार्थीहरुका लागी सिकाई क्रियाकलापमा सहज हुने पत्रकार भरतराज अधिकारीले वताए ।
यसैगरी कणर्ाली प्रदेशका विभिन्न जिल्लामा आगामी शैक्षिक सत्र सुरु भएपनि नियमित पठनपाठन नहुँदा विद्यार्थीहरु अन्योलमा छन् । विषेशगरी वैशाखदेखी सुरु हुने शैक्षिक सत्र कोरोनाका कारण केहि ढिला गरी सुरु भएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएपछि दैलेखका केहि विद्यालयले भने भर्ना अभियान र पाठ्यपुस्तक वितरणको काम सुरु गरेको भएपनि पठनपाठन कहिलेदेखी सुरु हुने भन्ने अन्योलमा छन् ।
कणर्ाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका सबै सामुदायिक विद्यालयले भर्ना अभियान सुरु गरिसकेका छन् । कोरोना संक्रमणको दर न्यून नहुन्जेल तत्कालका लागि वैकल्पिक विधिबाटै पठनपाठन अघि बढाउन निर्देशन दिइएको भए पनि कणर्ालीको भौगोलिक विकटताको कारण चुनौती भइरहेको निर्देशनालयको भनाइ छ ।

1 thought on “रेडियो शिक्षा कार्यक्रम मार्फत पठनपाठन

  1. समय नजुधाएको भये राम्रो हुन्थेयो। रेडियो हाम्रो समाबेशी ले जेस्ट १६ गते बाट सोही समयमा कक्षा ६-१० सम्मका विद्यार्थी लाई ५ वटा विषय पढाइ रहे कोछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *