दैलेख अस्पताललाइ एभरेष्ट क्लवकाे सहयोग

मातृमूमी संवाददाता । ०८ असार, दैलेख
एभरेष्ट क्लव दैलेखले दैलेख अस्पताल दैलेखलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । एभरेष्ट क्लव दैलेखका पदाधिकारीहरू अस्पतालमै पुगेर दैलेख अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीलाई स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरेका हुन् ।
क्लवले अस्पतालका लागी आईसोलेसन किट वक्स ३ सय ७० थान, सामसुङको स्मार्ट टिभि ८० सेमीको १ थान, ऐना ६ फिटको १ थान, पीपीई सेट ५० थान निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीलाई हस्तान्त्ररण गरेको हो । यसैगरी क्लवले हस्पीटलको वेडमा प्रयोग हुने पर्दा, तन्ना, झोला र जुट कार्पेट पनि सहयोग गरेको छ ।
कोरोना भाईरस (कोभिड-१९) प्रतिकार्यका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता महसुस गरी क्लवको तर्फवाट अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिएको एभरेष्ट क्लव दैलेखका दिपक केसीले वताए । दैलेखका विभिन्न स्थानीय तह र अस्पताललाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीबाट स्वास्थ्य उपचार सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको केसीको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले यस महामारीको वेला एभरेष्ट क्लव दैलेखले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
रेग्मीले यस महामारीको वेला एभरेष्ट क्लव दैलेख र विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगले कोरोनासँग लड्का लागी स्वास्थ्यकर्मीको मनोवल उच्च भएको वताए । कोभिड महामारी विरुद्धको लडाईलाई सफल बनाउन थप मद्दत पुग्ने रेग्मीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *