वसपार्क निर्माणको काममा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

फाेटाे क्याप्सन : अनुगमन समिति र दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलकाे निर्देशन पछि काँडाचाैर वस पार्कमा गरीएकाे काम कमशल भएकाे अार.सी.सी. ढलान भत्काइदै ।

मातृभूमी संवाददाता । १४ असार दैलेख
दैलेखको काँडाचौर वसपार्कमा भैरहेको आर.सी.सी. ढलानको काममा गुनासो आएपछि अनुगमन समिति र जिल्ला प्रशासन कार्याल दैलेखको ध्यानाकर्षण भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ६ मा रहेको काँडाचौर बसपार्क आर.सी.सी. ढलानको अनुगमनका क्रममा गुणस्तरहिन काम गरिएको भन्दै अनुगमन समिति र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको हो । अनुगमन पछि प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्माण कम्पनीलाई छलफलका लागी वोलाईएको थिए ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलले निर्माण कम्पनीसँगको छलफल पछि कम्पनीले यसअघि गरेको गुणस्तरहिन काम भत्काएर पुनः गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलको निर्देशन पछि निर्माण कम्पनीले पुरानो काम भत्काएर नयाँ आर.सी.सी. ढलानको काम थालेको छ ।
वसपार्क आर.सी.सी. ढलानमा भईरहेको काममा खराबी देखिएको भन्दै स्थानीयले गुनासो गरेपछि शुक्रवार अनुगमन समितिले स्थलगत अनुगमन गरेको हो । सो क्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले वसपार्कमा गरिएको आर.सी.सी. ढलान कमशल भएपछि ठेकेदारले पुनः काम गर्नु पर्ने सुझाव समेत दिएका थिए । समन्वय प्रमुख थापाले दिएको सुझाव निर्माण कम्पनीले अटेर गरेको वताए ।
यता निर्माण कम्पनीले आर.सी.सी. ढलानको क्रममा कमशल काम भएको भन्दै अनुगमन समितिले दिएको सुझाव र निर्देशनको पुणर् पालना गर्दै पुरानो काम भत्काएर नयाँ काम गर्न शुरु गरेको जनाएको छ । निर्माण कम्पनीका संचालन जगत कोईरालाले प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको निर्देशन वमोजिम पुरानो काम भत्काएर पुनः निर्माणको काम थालिएको भन्दै आगामी दिनमा यस्तो गल्ति नदोहोरीने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *