दैलेख अस्पताललाई १० लाख वढिको स्वास्थ्य सामाग्री प्रदान

मातृभूमी संवाददाता । १४ असार दैलेख
सेभ द चिल्ड्रेन, एभरेष्ट क्लव दैलेखले दैलेख अस्पताललाई १० लाख वढिको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेन, एभरेष्ट क्लव दैलेखका प्रतिनिधीहरु अस्पतालमै पुगेर निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
सेभ द चिल्ड्रेन, एभरेष्ट क्लवले दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर १० लिटरको ४ थान, फलोमिटर सहितको अक्सिजन सिलिण्डर ५ थान, पल्स अक्सोमिटर ६ थान हस्तान्तरण गरिएको हो । यसैगरी सेनिटाईजर ५ लिटरको ३५ जार, फेस सिल्ड १ सय ३५ थान, ह्याण्ड सेनिटाईजर ५ सय मिलिलिटरको ४५ वोतल सर्जिकल ग्लोव्स, सर्जिकल मास्क लगाएतका सामाग्री एभरेष्ट क्लव दैलेखका कार्य समिति सदस्य मनोज थापाले हस्तान्तरण गरेका हुन् ।
कोरोना भाईरस (कोभिड-१९) प्रतिकार्यका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता महसुस गरी क्लवको तर्फवाट अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको एभरेष्ट क्लव दैलेखका सदस्य थापाले वताए । दैलेखका विभिन्न स्थानीय तह र अस्पताललाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीबाट स्वास्थ्य उपचार सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले यस महामारीको वेला एभरेष्ट क्लव दैलेखले गरिरहेको सहयोग प्रति आभार व्यक्त गरे । रेग्मीले यस महामारीको वेला एभरेष्ट क्लव दैलेख र विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगले कोरोनासँग लड्का लागी स्वास्थ्यकर्मीको मनोवल उच्च भएको वताए । कोभिड महामारी विरुद्धको लडाईलाई सफल बनाउन थप मद्दत पुग्ने रेग्मीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *