नेपाली यूवाका लागी स्वस्थ रुपान्तरण परियोजना सम्पन्न

मातृभूमी संवाददाता । १४ असार दैलेख
नेपाली यूवाका लागी स्वस्थ रुपान्तरण परियोजनाको समय अवधि समाप्त भएको छ । सन् २०१८ मे देखि सन् २०२१ जुन सम्म दैलेखको र आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित परियोजनाको समयावधी सकिएको हो । नेपाली यूवाका लागी स्वस्थ रुपान्तरण परियोजनाको समापन तथा उपलब्धी आदान-प्रदान कार्यक्रम आठबीस नगरपालिकामा यहि असार ६ गते र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा असार ९ गते सम्पन्न भएको छ ।
विगत ३ बर्षदेखि सञ्चालित परियोजनाको आठबीस नगरपालिकामा समापन तथा उपलब्धी आदान-प्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख खड्गराज उपाध्यले नेपाली यूवाका लागी स्वस्थ रुपान्तरण परियोजनाले नगर भित्रका किशोर-किशोरीहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनको लागि सचेतनामुलक कार्यक्रम गरी स्वस्थकर व्यवहारमा परिवर्तन ल्याउन परियोजनाले महत्वपुणर् भुमिका खेलेको बताए । नगरप्रमुख उपाध्यायले कोभिड-१९ महामारीको समयमा नियन्त्रण र स्वास्थ्य सुरक्षाका लागी परियोजनाले गरेको सहयोग प्रति आभार प्रकट गरे ।
एभरेष्ट क्लब दैलख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले १५ देखि २४ वर्ष उमेर समुहका किशोरी तथा विवाहित यूवतीहरुको परिवार नियोजन, प्रजनन्, मातृत्व तथा नवजात शिशुहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको परियोजनाका संयोजक अस्मिता शाहीले बताईन् ।
समापन कार्यक्रममा परियोजनाका उपलब्धीहरुको जानकारी दिदै परियोजनाका कार्यक्रम संयोजक शाहीले आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पहिलो र दोस्रो बर्ष गरी कुल १ सय ६२ वटा किशोरी तथा विवाहित यूवतीहरुको समुह गठन गरिएको र जम्मा ३ हजार ३ सय २९ जना समुह सदस्य रहेको, सामुदायिक घरभेटमा ३ हजार २ सय ७६ जना, सामुदायिक संवाद कार्यक्रममा १ हजार ४ सय ६२ जना, सामाजिक कार्यक्रममा १ हजार १ सय ६० जना, स्वास्थ्य संस्था भम्रणमा २ हजार ६ सय ६० जना परियोजनाबाट लाभाम्वित भएको र स्वास्थ्य संस्थामा कार्यरत ८३ जना कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम समेत प्रदानगरिएको बताईन् ।
कोभिड-१९ महामारी नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले ४५ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई परिचालन गरी १ हजार ३ सय १४ जनालाई सेवा प्रदान गरिएको समेत संयोजक शाहीले जानकारी दिईन् । नेपाली यूवाका लागी स्वास्थ्य रुपान्तरण परियोजनाले जिल्ला स्वास्थ्य कार्यालय, आठबीस नगरपालिको ६ वटै स्वास्थ्य चौकिमा र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ३ वटै स्वास्थ्य चौकिमा कोरोना विरुद्व लड्नको लागी विभिन्न प्रकारका पिपिई सेट, ग्लोव्स, मास्क, सेनिटाईजर, ह्याण्ड वासिङ कर्नर, आईआर थर्मोमिटर, क्वारेन्टिन प्याकेज, पल्स अक्सोमिटर लगाएतका सामाग्रीहरु सहयोग गरिएको थियो ।
यसैगरी आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकिमा रहेका बर्थिङ्ग सेन्टरले प्रदान गर्ने सेवाको गुणस्तर बढाउने उद्देश्यले आठबीस नगरपालिकाका ६ वटै स्वास्थ्य चौकिमा र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ३ वटै स्वास्थ्य चौकिमा स्टेचर, डेलिभरी वेड, डेलिभरी सेट लगाएतका सामाग्रीहरु परियोजनाले सहयोग गरेको थियो । आठबीस नगरपालिकाको राकम स्वास्थ्य चौकिमा र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ३ वटै स्वास्थ्य चौकिमा द्यबदथ धबचmभच पनि सहयोग गरेको थियो ।
यस्तै किशोर-किशोरीमैत्री सेवाको आवश्यकता र गुणस्तरिय सेवा सुचारुलाई मध्यनजर राख्दै परियोजनाले आठबीस नगरपालिकाको राकम स्वास्थ्य चौकिमा र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको चामुण्डा स्वास्थ्य चौकिमा छुट्टै १ कोठे भबन पनि निर्माण गरेको छ । स्वास्थ्य संस्थाको संस्थागत विकास र कार्यालय व्यवस्थापनका लागी विभिन्न भौतिक तथा प्राविधिक उपकरण सहयोग गरेको परियोजनाका संयोजक शाहीले वताईन् ।
परियोजनाले समुदायमा रहेका परम्परागत गलत धारणाहरु परिवर्तन गरी परिवार नियोजन, प्रजनन् स्वास्थ्य, मातृ स्वास्थ्यमा सुधार ल्याउन प्रभाबकारी भुमिका निर्वाह गरेको जनाईएको छ । बालविवाह न्युनिकरण, लैगिंक समानता, विभेद जस्ता कुरामा समुदायका नागरिकलाई सचेत गराउन समेत परियोजनाले महत्वपुणर् भुमिका खेलेको कार्यक्रमका सहभागीहरुले बताए । कार्यक्रममा राकम स्वास्थ्य चौकि र चामुण्डा स्वास्थ्य चौकीान रहेको किशोर-किशोरीमैत्री कक्षालाई प्रमाणिकरणको लागि छिट्टै नै प्रक्रिया अघि बढाउने, परियोजनाले गरेका राम्रा क्रियाकलापलाई निरन्तरता दिने जस्ता निणर्य भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *