वेथिति श्रृंखला-२९ : नौमुले ४ को बाङ्गे बजार सडक स्तरोन्नतिमा चरम लापरबाही

मातृभूमि संवाददाता । १९ असार दैलेख
नौमुले गाउँपालिका ४ बाङ्गे बजार पक्की सडक निर्माणमा चरम लापरबाही भएको पाइएको छ । पुर्बाधार बिकास कार्यालय दैलेख मार्फत संचालन भएको पक्की सडक निर्माणमा चरम लापरबाही भएको पाइएको हो । १४ लाखको लागतमा निर्माण गर्न लागिएको बाङ्गे बजार पक्की सडकको काममा ४ लाख बराबरको समेत काम नभएको स्थानीयले बताएका छन् ।
१४ लाख लागत रहेको सडकमा १५ मिटर लम्बाई र ६ मिटर चौडाइ पिसिसी गरिएको छ भने ५० मिटर ग्राभेल गरिएको छ । यो सडक निर्माणमा झारा टार्ने काम भएको एक स्थानीयले नाम नछाप्ने सर्तमा बताए ।
नौमुले गाउँपालिका वडा न ४ का अध्यक्ष गज बहादुर ढेङ्गा मगरले १४ लाखको योजनामा पिसिसि, ग्राभेल, पर्खाल लगाएतको काम भैरहेको बताए । अध्यक्ष ढेङ्गा मगरका अनुसार पुर्बाधार बिकास कार्यालयले योजना संचालन गर्दा खासै समन्वय नगरेको गुनासो गरे । वडा सचिव महेन्द्र शर्माले प्रदेशका कुनै पनी योजनामा पुर्बाधार बिकास कार्यालयले समन्वय गर्ने नगरेको बताए ।
स्थानीयले योजनाको काममा बजार क्षेत्रमा नाली ब्यबस्थापन नगरेको, ग्राभेलको काम पनि राम्रोसँग नगरेको, पिसिसी पनि चित्त बुझ्दो नगरेको आरोप लगाए । स्थानीयले पुर्बाधार बिकास कार्यालयले पनि योजनामा अनुगमन नगरेको, गुणस्तरीय काम भए नभएको पनि अनुगमन नभएको बताए । उपभोक्ता समितिले १० प्रतिशत पाउने आशामा ठेकेदारलाई कामको जिम्मा दिएको स्थानीयले नाम नबताउने शर्तमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *