कोरोना संक्रमणबाट काङ्ग्रेस दैलेखका पुर्ब पार्टी सभापति थापाको निधन

मातृभूमी संवाददाता । २१ असार दैलेख
नेपाली काङ्ग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजङ्ग थापाकाे काेराेना संक्रमणबाट ज्यान गएकाे छ । दैलेख अस्पतालको आइसुलेसनमा सोमबार विहान ३ बजे थापाको ज्यान गएकाे नेपाल रेडक्रस साेसाइटी दैलेखका सभापति खेमराज केसीले बताउए ।

नेपाल बाल संगठनकाे सभापति रहेर २५ वर्ष सेवा गरेका जगतजंग थापाले नेपाल परिवार नियाेजन संघ दैलेख, नेपाल रेडक्रस साेसाइटी दैलेख लगायतका संस्था मार्फत समाज सेवा गरेका थिए ।
२०७४ सालमा भएको गणतान्त्रिक नेपालको पहिलो प्रदेश सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) बाट नेपाली कांग्रेसको उम्मेदवार समेत रहेका मिजासिला, मेहेनेती, मिलनसार स्वभावका थापाका एक श्रीमती र ६ वटा छाेरी रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *