वेथिति श्रृंखला-३० : नौमूलेमा रोजगार संयोजकको चरम लापरवाही
मातृभूमी संवाददाता । २९ असार दैलेख
प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने लगायतका काममा खर्च गरिएको भन्दै यो कार्यक्रमको मजाक पनि उडाइएको छ । अर्थविदहरु पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ दुरुपयोग भइरहेको बताउँछन् । दैलेखका विभिन्न स्थानीय तहहरुमा पनि अनियमितता भएको, वालवालिका प्रयोग भएको, समयमै भुक्तानी नभएको, निर्माण सामाग्रीहरु काम सम्पन्न पश्चात वडामा पुगेको लगाएतका गुनासाहरु आईरहेका छन् ।
यस्तै दैलेखको नौमूले गाउँपालिकाका ८ वटै वडामा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा जनताले गुनासो नै गुनासो गरेका छन् । रोजगार संयोजकको चरम लापरवाहीका कारण नौमूले गाउँपालिकाका ८ वटै वडामा काम सम्पन्न पश्चात निर्माण सामाग्रीहरु गैटि, वेल्चा, हेल्मेट लगाएतका सामाग्री पुगेको स्थानीयले गुनासो गरेका छन् ।
नौमूले गाउँपालिका ७ पैतिका स्थानीय भुवनसिंह वस्नेतले आफुहरुले घरवाट कुटो, कोदालो, वेल्चा, साव्वल लगेर काम गरेको तर गैटी, वेल्चाहरु काम सकिएपछि ल्याईएको वताए । वस्नेतले आफुहरुलाई सामाग्री खरिद गरेको रकम पाउनु पर्ने भन्दै नपाए गाउँपालिकाको रोजगार शाखामा ताला लगाउने वताए । काम शुरु हुने वित्तिकै आउनु पर्ने निर्माण सामाग्री रोजगार संयोजक सन्दिप विश्वकर्माको लापरवाहीका कारण समयमै निर्माण सामाग्री नपाएको भन्दै वस्नेतले आक्रोस पोखे ।
यसैगरी नौमूले गाउँपालिका ३ द्धारीका स्थानीयले समेत समयमै काम सम्पन्न गरेको भएपनि पैशा नपाएको वताए । नौमूले गाउँपालिका ३ द्धारीको हिलेदेखी भाँडे गोरेटो वाटो मर्मत योजनामा पुरा रकम नपाएको स्थानीयले वताएका छन् । हिलेदेखी भाँडे गोरेटो वाटो मर्मत योजनाको कुल लागत २१ लाख ५७ हजारमा १७ लाख ८३ हजार मात्र भुक्तानी भएको उपभोक्ता समितिका सचिव चन्द्र वहादुर पुरीले वताए । सामाग्री खरिद र कन्टिजेन्सी भनेर ३५ प्रतिशत रकम कटौती गरिएको सचिव पुरीले गुनासो गरे । सचिव पुरीले भने, ‘३५ प्रतिशतको सामाग्रीमा ३ ओटा गैटी, ३ ओटा वेल्चे, ३ ओटा घन, ३ ओटा हथौडा, १ ओटा कर्नी, प्लास्कि जुता १८ जोर, १८ ओटा हेल्मेट, १८ वटा मास्क र १८ जोर ग्लोव्स ल्याईएको छ । योजनाको वजेट सिलिङ्गमा प्राथमिक उपचार सामाग्री दिने भनिएपनि प्राथामिक उपचारका सामाग््रीमा एउटा सिटामोल पनि पाएका छैनौँ ।’
नौमूले गाउँपालिकाका सम्पुणर् वडाहरुमा रोजगार संयोजक सन्दिप विश्वकर्माको लापरवाहीका कारण धेरै योजनाहरुको भुक्तानी प्रक्रिया ढिला भएको, निर्माण सामाग्रीहरु काम सम्पन्न पश्चात पुगेको, कामदारले ५ सय १७ दरले रकम पाउनु पर्नेमा ५ सयका दरले पाएको नौमूले गाउँपालिका ३ द्धारीका स्थानीय समेत रहेका नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटाले वताए ।
यता नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले रोजगार कार्यक्रममा सम्पुणर् योजनाको अनुगमन गरेर छानविन गरिने वताए । अध्यक्ष वुढाले भने, ‘तत्काल रोजगार कार्यक्रममा उपभोक्तावाट आएको गुनासो सम्वोधनका लागी छानविन समिति गठन गरेर छानविन गरिने छ । कहिँकतै वदमासी भएको पाईए कानुन वमोजिम कारवाही गरिने छ ।’