प्रधानमन्त्री देउवासहित पाँच जना मन्त्रीले सपथ लिने पक्का

मातृभूमी राजनितिक व्युराे । २९ असार काठमाण्डाै

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच नेताले मन्त्रीको सपथ लिने पक्का भएको छ । देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिन लागेका हुन् ।

कांग्रेसको तर्फबाट खाँडले गृहमन्त्रीको जिम्मेवारी पाउँदा कार्कीले कानुन मन्त्रीको रूपमा शपथ ग्रहण गर्ने तय भएको छ । त्यसैगरी, माओवादी केन्द्रबाट शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिँदा भुसाललाई ऊर्जामन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् ।

विपक्षी गठबन्धनको जनता समाजवादी पार्टी भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । पार्टी विवादका कारण जसपाले सरकारमा मन्त्री नपठाउने भएको एक नेताले जानकारी दिए ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *