द्धारीमा रेडक्रस, स्थानीयलाइ धारामा पानीको आस

मातृभूमी संवाददाता । ०२ साउन दैलेख
दैलेखको नौमूले गाउँपालिका ३ को द्धारीमा नेपाल रेडक्रस दैलेखले निर्माण गरेका धारामा पानी नआएपछि स्थानीले पानी खान पाएका छैनन् । खानेपानी योजनाको काम निर्माण सम्पन्न भैसक्दा समेत द्धारीको आचार्य टोल, गोतामे टोल लगाएतका टोलका नागरिकले पानी खान नपाएका हुन् ।
खानेपानीको धारा बनेको एक महिना भैसक्दा समेत पानी नआएपछि स्थानीयले पानी खान नपाएको स्थानीय टिका खत्रीले वताईन् । खानेपानीको धारा ठिकै बनेको छ तर धारामा पानी नआएपछि स्थानीय पुरानो खानेपानी योजना कै पानी खाईरहेको र त्यो पनि विग्रीपछि मुलको पानी खान वाध्य छन् ।
स्थानीय विराट आचार्यले २०/२२ दिन श्रमदान गरिए पनि पानी खान नपाएको वताए । आचार्यले भने, ‘स्थानीले पानी खानकै लागी २०/२२ दिन श्रमदान गरेका छन् । पानी खान त परै जावस काम गरेका मजदुरले समेत रकम पाएका छैनन् । अझ प्रति धारा एक हजारका दरले पैसा पनि संस्थालाई वुझाका छौँ तर अहिले सम्म रेडक्रसले निर्माण गरेका धाराको पानी खान नपाउँदा पुरानो योजना र मुलकै पानी खाईरहेका छौँ ।’
आचार्यले अन्य टोल वस्तीका नागरिकले हिउँछिराको पानी खाईरहे पनि संस्थाको लापरवाहीका कारण आचार्य टोल, गोतामे टोल लगाएतका टोलमा निर्माण भएका धारामा पानी नआउँदा समस्या भैरहेको वताए । उनले पुरानो योजनाको पानी विग्रिदा दिनमा ८/१० पटक वनाउँन जाँदा पनि खानेपानीको समस्य निकै रहेको वताए ।
नेपाल रेडक्रस सोसाईटि दैलेखले नौमूले गाउँपालिका ३ द्धारीमा हिउँछिरा खानेपानी योजनावाट ६९ वटा सार्वजनिक र १ विद्यालयमा धारा निर्माण गरेको छ । रेडक्रसले निर्माण गरेका ६९ वटा मध्ये १८ वटा धारामा रेडक्रसको लापरवाहीका कारण पानी नआउने स्थानीयले वताए । आचार्य टोल, गोतामे, डाँडाटोल देखी तल्लोवारीका स्थानीयले प्रति धारा १ हजारका दरले पैसा उठाएर संस्थालाई वुझाए पनि पानी खान नपाएको वताए । यसैगरी अन्य टोलमा कहिलेकाँही पानी आउने गरेको र पानी भर्नकै लागी कुरेर वस्नु पर्ने वाध्यता रहेको स्थानीयको गुनासो छ ।
झण्डै २६ लाखको लागतमा निर्माण भएको हिउँछिरा खानेपानी योजनामा नेपाल रेडक्रस सोसाईटी दैलेखको लापरवाहीका कारण नौमूले गाउँपालिका वडा नं. ३ द्धारीका विभिन्न टोल वस्तीका स्थानीयले पानी खान नपाएको स्थानीयले वताएका छन् । धारा निर्माण भएपनि धारामा पानी कहिले आउला भनेर आस गरेर वसेको स्थानीयको भनाई छ ।
यसैगरी नेपाल रेडक्रस सोसाईटी दैलेखले नौमूले गाउँपालिकाको साझेदारीमा पाँच सय थान फिल्टर समेत वितरण गरेको छ । रेडक्रसले वितरण गरेका फिल्टर अधिकांस फुटेका पाईएका छन् । धारामा पानी नआउने भएपछि फिल्टरको के काम भन्दै स्थानीयले भने प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *