नारायण नगरपालिकाका विपन्न कृषकलाई बाख्रा वितरण

मातृभूमी संवाददाता । ०२ साउन दैलेख

नारायण नगरपालिका दैलेखले अति विपन्न ५० घरपरिवारलाई बाख्रा वितरण गरेको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उनीहरुलाई शनिबार १५ लाख बराबरको खरी जातका बाख्रा वितरण गरिएको हो ।

नगरपालिकाले करिब १५ लाख रुपैंयाको बाख्रा खरिद गरी कृषकलाई प्रतिपरिवार दुइ वटाका दरले सय वटा ब्याउने बाख्रा वितरण गरिएको हो । अनुदानमा ३ वटा बोका  पनि  वितरण गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले विपन्न परिवारलाई स्वरोजगार बनाउँदै व्यवसायीक प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए ।

वडा नम्वर २ का वडाध्यक्ष रेशम थापाले समुदायमा लक्षित निर्वाहमुखी पशुपालन कार्यक्रमले किसानहरुलाई व्यवसायीक बाख्रा पालनतर्फ प्रेरित गर्न कार्यक्रम सफल हुने बताए ।

वितरण गरेको बाख्रालाई आफ्नै सम्पत्ति ठानी पालनपोषण गर्न आग्रह गर्दै थापाले वितरण गरिएका बाख्रामा स्वास्थ्य समस्या देखिएमा पशु स्वास्थ्य सेवा केन्द्रबाट उपचार गर्न सकिने पनि  बताए । बाख्रा पाएपछि किसान पनि उत्साहित देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *