दैलेख केन्द्र भएर ४.३ रेक्टर स्केलको भुकम्प

मातृभूमी संवाददाता । ०३ साउन दैलेख

आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आइतबार राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३  रेक्टर स्केलको  भूकम्प  गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट  तीर्थराज दाहालले आइतबार राती दैलेखको आठबीस नगरपालिकाको सिगौडी आसपास क्षेत्र भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । दैलेख सदरमुकाम लगाएतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पबाट कुनै पनि क्षेती बारे कुनै जानकारी प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *