माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो वुधवार लगाउने

मातृभूमी राजनितिक व्युराे । ०६ साउन काठमाण्डाै

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ ।

यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भएको भेटमा प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन प्रस्ताव गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *