एमाले नेपाल समूहको बैठक बस्दै, पार्टी फुटाउने या नफुटाउने भन्नेमा बैठक निर्णायक हुने

मातृभूमी राजनितिक व्युराे । ०६ साउन काठमाण्डाै

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको ‘निर्णायक’ भनिएको बैठक वुधवार बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने आफ्नो पक्षका सम्पूर्ण सांसद तथा केन्द्रिय सदस्यहरु सहितको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत माग्दा नेपाल पक्षका केही संसदहरुले मतदान बहिष्कार गरेका थिए भने केहीले सरकारको समर्थनमा भोट हालेका थिए ।

केपी ओली पक्षका ८ जना सांसदले पनि देउवालाई समर्थन गरेका थिए । उनीहरुलाई पनि वुधवारको बैठकमा बोलाइएको छ । पार्टी फुटाउने या नफुटाउने भन्नेमा यो बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *