एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीलाई नेपाल समूहको ध्यानाकर्षण

मातृभूमी राजनितिक व्युराे । ०६ साउन काठमाण्डाै

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकता विरोधी कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराएको छ । वरिष्ठ नेता नेपाल पक्षको स्थायी समितिको बैठकले पार्टी एकता वार्ता चलिरहेका बेला आफू पक्षीय सांसदहरूलाई स्पष्टिकरण सोध्ने तथा वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध उत्तेजक नाराबाजी लगाउने लगायतका गतिविधिप्रति आपत्ति जनाउँदै त्यस्ता खालका एकता विरोधी गतिविधि नगर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

काठमाडौंको बुद्धनगर स्थित क्वालिटी बैंकटमा बुधबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै नेता रघुजी पन्तले सर्वोच्च अदालतको फैैसला अनुरुप विश्वासको मत दिने सांसदहरूलाई आतंकित पार्ने तथा उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्ने बताए । गलत र उत्तेजक काम कारबाही विरुद्ध खेद व्यक्त बैठकले यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

माधव नेपाल पक्षले अदालतको फैसला अनुसार आफ्ना पार्टीका २२ जना सांसदले स्वविवेक प्रयोग गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अधिकार रहेको निष्कर्ष निकाल्दै यसै विषयलाई लिएर उनीहरूलाई स्पष्टिकरण सोध्ने काम गरेर पार्टीको एकतालाई भाँड्ने काम गर्न कुनै हालतमा नमिल्ने तर्क समेत गरेको छ ।

बैठकले पार्टी भित्र एकताको वातावरण बनिरहेको उल्लेख गर्दै त्यसलाई विथोल्ने काम नगर्न पनि अध्यक्ष ओली पक्षीय नेताहरूलाई आग्रह गरेको छ । सांसदहरूलाई स्पष्टिकरण सोध्ने लगायतका कामले पार्टी एकतालाई सहयोग नगर्ने विघटित पार्टी एकता कार्य दलका समेत रहनुभएका नेता गोकर्ण विष्टको भनाइ छ ।

स्पष्टिकरण लगायतका विषयले पार्टी एकताको वातावरणलाई धमिल्याउने काम गर्ने बनिरहेको एकताको वातावरण समेत कमजोर बन्ने उनको तर्क छ । वरिष्ठ वरिष्ठ नेता नेपाल सहितका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अक्षम्य अपराध गरेको निष्कर्ष निकाल्दै उनीहरूलाई स्पष्टिकरण गर्ने सोध्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *