‘पिभी’ ब्यूँताउँदै माधवकुमार नेपाल समूह

मातृभूमी राजनितिक व्युराे । ०६ साउन काठमाण्डाै

नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताउने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागिएको हो ।

पीभीको घोषणा बिहीबार माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए । त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *