टोक्यो ओलम्पिक रद्द हुनसक्ने आयोजकको संकेत

एजेन्सी ।

टोक्यो ओलम्पिक आयोजक समितिले खेल रद्द हुनसक्ने संकेत गरेको छ । टोक्यो ओलम्पिकका प्रमुख तोशिरो मुटोले कोभिड संक्रमितको संख्या शुक्ष्म निरीक्षण गर्दै आवश्यकताका आधारमा निर्णय गरिने बताए ।

बुधबार भएको पत्रकार सम्मेलनमा मुटोलाई यस अवस्थामा आएर ओलम्पिक रद्द हुनसक्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा मुटोले ओलम्पिक रद्द गर्ने आशंकालाई इन्कार गर्न नसकिने बताएका थिए ।

‘यदि संक्रमितको संख्या बढ्दै गएको अवस्थामा हामी छलफल गर्नेछौं,’ उनले भने, ‘यस समयमा आएर संक्रमितको संख्या बढेको खण्डमा के गर्ने भन्ने विषयमा हामीले सोच्न जरुरी छ ।’

मुटोको यस्तो अभिव्यक्तिपछि टोक्यो ओलम्पिकका प्रवक्ताले आयोजकले शत प्रतिशत खेल सफल गराउनेतर्फ ध्यान दिइरहेको बताए ।

टोक्यो ओलम्पिकका खेल शुक्रबारदेखि सुरु हुँदैछ । खेल सुरुहुनुअघि ओलम्पिक भिलेजका ७० भन्दा धेरै व्यक्तिमा कोभिड संक्रमण भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खेल विनादर्शक खेलाइने आयोजक समितिले बताउँदै आएको छ ।

ओलम्पिक गर्ने भएपछि जापानको टोक्योमा अहिले संकटकाल लगाइएको छ । त्यहाँ कोभिड संक्रमितको संख्या बढ्न नदिन अधिकांश स्थानमा धेरै मानिस जम्मा हुन रोक लगाइएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *