नेपालमा थप २ हजार ८ सय ३८ जनामा काेराेना संक्रमण, ३० जनाको मृत्यु

मातृभूमी संवाददाता । ०६ साउन काठमाण्डाै

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले पीसीआर र एन्टिजिन गरी १२ हजार ६ सय १६ जनामा भएको परीक्षणमा २२ दशमलव ५० प्रतिशतमा संक्रमण देखिएको जानकारी दिए ।

काठमाडौ उपत्यकामा ६ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौका ४ सय ९० , ललितपुरका १ सय २८ र भक्तपुरका ७९ जना रहेका छन् । नेपालमा केही दिन यता संक्रमितको संख्या उकालो लाग्न थालेको छ भने उपत्यकामा समेत उल्लेख रुपमा संक्रमित बढिरहेका छन् । यस अवधिमा १४ सय ५८ जनाले संक्रमण जितेका छन् । यो सँगै देशभर ७ लाख २४ हजार ४ सय ५५ जनामा संक्रमण देखिएको छ ।

संक्रमित मध्य ६ लाख ३६ हजार ४ सय ३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण देशभर ९ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । हाल देशभर २६ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन् ।

जसमा २४ हजार ३ सय ४० जना होम आइसोलेसनमा र २ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ६ सय २७ जनाको आइसीयू र १ सय ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, नवलपरासी पूर्व, कैलाली र सुर्खेतमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *