सत्ता गठबन्धनको बैठकमा, माधव नेपाल पनि सहभागी
मातृभूमी राजनितिक व्युराे । ०९ साउन काठमाण्डाै
सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गर्नका लागि बैठक बसेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल भएको छ ।
छलफलमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनको सम्बन्धी छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार विहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए ।
प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराउनुभएको थियो । जसमा नेपाली कांगेसबाट दुई र माओवादी केन्द्रका दुई रहेका छन् । अन्य दलबाट मन्त्री नियुक्त गरिएको छैन । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेको छ ।