वेथिति श्रृंखला-३३ : प्रहरीवाटै सार्वजनिक बस्तु हिनामिना

मातृभूमी संवाददाता । १३ साउन दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखले वरामद गरेका घरेलु मदिरा बनाउन प्रयोग गरिने सामाग्री हिनामिना गरेको पाईएको छ । घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएको भन्दै प्रहरीले घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग गरिने सामाग्री वरामद गर्दै आएको छ । प्रहरीले वरामद गरेको मदिरा र मदिरा वनाउन प्रयोग गरिने कच्चा पदार्थ सरोकारवालाको रोहवरमा नष्ट गर्ने गरेको छ भने भाँडाकुडा हिनामिना गरेको पाईएको छ ।
मदिरा बनाउन प्रयोग गरिने भाँडाकुडाहरु प्रहरी र कवाडीको मिलिमतोमा खरिद बिक्रि भएको नाम नछाप्ने शर्तमा एक स्थानीयले वताए । बिगत लामो समयदेखी घरेलु मदिरा नियन्त्रण गर्न दैलेख प्रहरीले जिल्ला तहदेखी आफ्ना मातहतका प्रहरी परिचालन गरी मदिरा, मदिरा वनाउन प्रयोग गरिने कच्चा पदार्थ र भाँडाकुडा बरामद गरी जिल्लामा ल्याउने गरेको छ । प्रहरीले मदिरा र मदिरा वनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेपनि भाँडाकुडाको जिन्सी आम्दानी बाध्नु पर्नेमा त्यसो नगरी मिलिमतोमा उक्त भाँडाकुडा बेचेको एक जानकारले मातृभूमीलाई अनलाईनलाई वताए ।
यसैगरी असार, साउनमा खोलावाट ढुङ्गा, गिट्टी, वालुवा ल्याउने गाडीवाट जफत गरिएको नदिजन्य पदार्थ समेत हिनामिना भएको पाईएको छ । गत आ.ब. २०७६।०७७ को असारमा खोलावाट नदिजन्य पदार्थ ल्याउने गाडीहरुलाई नियन्त्रणमा लिई डिभिजन बन कार्यालय दैलेखले एक हजारका दरले जरिवाना गरी नदिजन्य पदार्थ दैलेख प्रहरी परिसरमा राखेको भएपनि हाल त्यो पनि हिनामिना भएको पाईएको हो ।
यसै बिषयमा डिभिजन बन कार्यालय दैलेखका बन अधिकृत नवराज पौड्यालसँग बुझ्दा गत आर्थिक वर्षमा नदिजन्य पदार्थ उत्खनन गर्न बन्देज गरिएको बेला उत्खनन गरि ल्याईएको ढुङ्गा, गिट्टी र वालुवा प्रहरीले नियन्तणमा लिई कानुनी दायरामा लिएको थियो । नदिजन्य पदार्थ ल्याउने सवारीलाई प्रति सवारी एक हजारका दरले जरीवाना गरी नदिजन्य पदार्थ दैलेख प्रहरी परिसरमा राखिएको हो । अधिकृत पौड्यालले भने, ‘उक्त नदिजन्य पदार्थ लिलाम बिक्रि बिना कोही कसैले पनि हिनामिना गर्न नपाउने कानुनमा रहेको छ ।’
खोलाबाट ल्याएको नदिजन्य पदार्थ जरिवाना तिरेपछी उक्त ढुङ्गा, गिट्टी, वालुवा हामीले लिन पाउनु पर्नेमा त्यसो नभई जिल्ला प्रहरी कार्यालयमा राखिएको नाम नछाप्ने शर्तमा एक सवारी चालकले वताए । उनले भने, ‘हामीले ज्यानको वाजी राखेर ल्याएको ढुङ्गा, गिट्टी, वालुवा प्रहरीलाई वुझायौँ । त्यसैले हाम्रो रोजिरोटि चल्थ्यो तर प्रहरीलाई हामीलाई लिन दिएन अहिले प्रहरी कार्यालयमा पनि छैन । हामी मर्कामा परेका छौँ ।’
यता जिल्ला प्रहरी कार्यालय दैलेख प्रमुख डिएसपी अनुपम श्रेष्ठले बालुवा बगेर गएको वताए । डिएसपी श्रोष्ठले घरेलु मदिरा वनाउन प्रयोग गरिने भाँडाकुडा जिन्सी आम्दानी रहेकोले हिनामिना भएको भन्ने कुरा हल्ला मात्र भएको बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारीका हरि प्याकुरेलले कानुनले निषेध गरेका कुनै पनि सरसामान वारदात स्थलमा फेला परेमा जफत भईजाने र जफत गरिएका समाग्री मध्ये नष्ट हुने समाग्रीहरु नष्ट गरिने तथा नष्ट नहुने सामाग्री लिलाम बढाबढमा बिक्रि बितरण गर्नु पर्ने कानुनी प्रावधान रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *