घैयावारी सामुदायिक वन समितिद्धारा विजौरामा वृक्षा रोपण

मातृभूमी संवाददाता । १६ साउन दैलेख
दैलेखको नारायण नगरपालिका ६ विजौरामा वृक्षा रोपण गरिएको छ । घैयावारी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा शनिवार नारायण नगरपालिका ६ विजौरामा सडक छेउछाउ वृक्षा रोपण गरिएको हो । सडक निर्माण गर्दा स-साना वोट विरुवा नास भएको र भू-क्षय तथा पहिरो रोकथाम तथा नियन्तणका लागी वृक्षा रोपण गरिएको घैयावारी सामुदायिक वन उपभोक्ता समितिका सचिव रोहित रानाले वताए ।
नारायण नगरपालिका वडा नं. ६ को सहयोग तथा घैयावारी सामुदायिक वन उपभोक्ता समिति नारायण नगरपालिका ६ विजौराको आयोजनामा उपभोक्ता समितिले सडक छेउछाउमा विभिन्न प्रजातिका वृक्षा रोपण गरिएको हो । उपभोक्ता समितिको सकारात्मक कार्यप्रति स्थानीयले धन्यवाद दिदै आगामी दिनमा समेत यस प्रकारका कार्यको निरन्तरता आवश्यक रहेको वताए । वृक्षा रोपण मात्र नभई वृक्षाको हेरचाहमा समेत सवैले ध्यान दिनु पर्ने स्थानीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *