आउँदैन धारामा पानी, उदासिन नगरपालिका खेर गयो लगानी

मातृभूमी संवाददाता । १९ साउन दैलेख
घटना १ : २०७६ साल असोज ३ गते शुक्रवार विहान १० वजेर ३९ मिनेट जाँदा दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य रविन्द्रराज शर्माले युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको उद्घाटन गरे । निकै तामझामका साथ संविधान दिवसको अवसर पारेर दैलेखको देवकोटा चोकमा नारायण नगरपालिका वडा नं. १ ले राखेको युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको प्रतिनिधीसभा सदस्य शर्माले उद्घाटन गरेका थिए ।
त्यतिवेला गर्मीको सिजन भएकाले आम नागरिकले शुद्ध पानी नपिएका भने होईनन् । तर पछिल्लो समय उक्त युरोगार्ड सहितको शुद्ध पिउने पानी धारो प्रयोग विहिन भएको छ । कारण धारामा पानी नै आउन छोेडेपछि प्रयोग विहिन भएको हो । अहिले धारोमा खिया लागेको छ भने पानी पिउने गिलासमा कमिला हिड्ने गरेका छन् ।
आफुले शुरु-शुरुमा प्रचारका लागी घरमै फिल्टर भएपनि त्यहि धारोमा गएर पानी पिउने गर्थे एक स्थानीले भने, ‘अहिले ट्यांकिमा पानी नै छैन । लकडाउन सुरु भएपछि धारोमा पानी आउन छोडेको छ ।’ ‘जुन तामझामका साथ युरोगार्ड सहितको शुद्ध पिउने पानीको उद्घाटन गरिएको थियो त्यो पुरा हुन सकेन’ उनले भने । सम्वन्धित निकायले यस विषयमा खासै चासो र चिन्ता व्यक्त नगरेको हो की भन्ने लागेको स्थानीय वताउँछन् । नारायण नगरपालिका वडा नं. १ ले पानीको व्यवस्था गरेपनि व्यवस्थापन गर्न नसकेको स्थानीयको आरोप छ ।
घटना २ : २०७६ साल असोज २९ गते देखी कात्तिक ६ गते सम्म दैलेख सांस्कृति घरेलु तथा व्यापार महोत्सव संचालन भयो । उक्त महोत्सव संचालक तथा व्यवस्थापन समितिले नारायाण नगरपालिका वडा नं. १ को त्रिभुवन मावि अगाडी रहेको चौतारो नजिक युरोगार्ड सहितको शुद्ध पिउने पानी राख्ने प्रस्ताव गरेपछि नारायण नगरपालिकाले महोत्सव संचालनका लागी सहमति जनायो । स्थानीय सरकारले महोत्सव संचालनका लागी अनुमति दिएपछि दैलेख उद्योग वाणिज्य संघले विरोध जनायो । विरोध जनाउँदा जनाउँदै नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले नगरवासी र आम सर्वसाधारण जनताले युरोगार्ड सहितको शुद्ध पानी पिउन पाउँछन् भन्दै महोत्सव संचालनका लागी अनुमति दिए ।
नयाँवजार स्थीत हाईस्कुलको चौतारो नजिक राख्ने भनिएको युरोगार्ड सहितको शुद्ध पिउने पानीको धारा अन्ततः स्कुलको हाता भित्र राखियो । जसका कारण आम सर्वसाधारण तथा नगरवासी उक्त शुद्ध पानी पिउनवाट वन्चित छन् । कारण विद्यालयको हाता भित्र रहेको पानी पिउन हत्तपत्त कोहि जाँदैनन् । एक स्थानीयले भने, ‘महोत्सवका वेला आम सर्वसाधारण र नगरवासीका लागी युरोगार्ड सहितको शुद्ध पिउने पानी राख्ने भनिएको थियो तर अहिले विद्यालयको हाता भित्र छ, त्यो शुद्ध पिउने पानी विद्यार्थीका लागी हो की आम सर्वसाधारणका लागी हो वुझ्न सकिएन । साथै अहिले उक्त ट्यांकीवाट पनि पानी आउँदैन ।’
झण्डै १ लाख वढि लागतमा निर्माण गरिएका दुवै स्थानका युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराहरु प्रयोग विहिन वनेका हुन् । लकडाउन सुरु भएसँगै यी दुवै धारामा पानी आउन छोडेको छ । लकडाउनका वेला वजारमा हिड्ने सुरक्षकर्मीले समेत यी धाराको पानी पिउन पाएनन् । यी दुवै धाराको मर्मत संभार र हेरचाह नहुँदा प्रयोग विहिन भएका हुन् । सस्तो लोकप्रियताको लागी युरोगार्ड सहितको शुद्ध पिउने पानी धाराको निर्माण गरीएको स्थानीयले आरोप लगाएका छन् ।
दैलेखको देवकोटा चोकमा रहेको युरोगार्ड सहितको शुद्ध पिउने पानी धारामा पानी आउन छोडेको महिनौ भैसक्यो । धारामा पानी आउने नआउने निश्चित छैन । धारामा पानी आउनुको साटो कमिला हिड्छन् । मर्मत संभारमा सम्वन्धित निकाय मौन छन् । कुनैपनी काम गर्दा सस्तो लोकप्रियता भन्दा पनि नियमितता जरुरी रहेको स्थानीयको भनाई छ । यस अघि धारामा पानी आउन छोडेपछि खवरदारी गर्दा कहिलेकाँही पानी आउने भएपछि अहिले महिनौँदेखी धारा सुख्खा छ । यसतर्फ सम्वन्धीत निकायले ध्यान दिन जरुरी छ ।
यति मात्र हैन नगर क्षेत्रमा लकडाउनको सावुन पानीले हात मुख धुन राखिएका धारा पनि प्रयोग विहिन भएका छन् । हातले धारामा छुँदा कोरोना संक्रमण वढ्न सक्ने भन्दै खुट्टाले थिचेर पानी आउने धारामा पनि पानी आउन छोडेको छ । नगर क्षेत्रमा राखिएका यि धारामा नत पानी आउँछ । नत मर्मत संभारमा सरोकारवालाले ध्यान नै दिएका छन् । सरोकारवाला निकायको उदाशितनका कारण नगर क्षेत्रमा राखिएका कुनै पनि धारामा पानी आउँदैन ।
विभिन्न निकायले राखेका धारामा पानी नियमित आउनका लागी न त ति निकायले ध्यान दिए । न त नगरपालिकाले नै । लगानी मात्र खेर गयो । एक स्थानीयले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *