भिरवाट लडेर ठाँटिकाँधमा एक महिलाको मृत्यु

मातृभूमी संवाददाता । २१ साउन दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकामा भिरवाट लडेर एक महिलाको मृत्यु भएको छ । ठाटीकाँध गाउँपालिका २ टम्टालाकी २० वर्षिय धनसरी थापाको भिरबाट लडेर मृत्यु भएको हो ।
विहिवार विहान घर नजिकैको सालघारी सिस्ने खोलामा घाँस काट्ने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको स्थानीय भुवन थापाले जानकारी दिए । घाँस काट्ने क्रममा भिरवाट अन्दाजी ४० मिटर तल खस्दा थापाको घटना स्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *