दैलेखमा पहिलो पटक होण्डा मोटरसाईकलको सोरुम संचालन

मातृभूमी संवाददाता । २१ साउन दैलेख
दैलेखमा पहिलो पटक होण्डा मोटरसाईकलको सोरुम सञ्चालनमा आएको छ । जिल्लाको जनता आधारभुत विद्यालय अगाडी होण्डा मोटरसाईकलको सोरुम सञ्चालनमा ल्याईएको हो । सोरुमको विहिवार नारायण नगरपालिका दैलेखका उपमेयर सावित्री मल्लले रिबन काटेर उद्घाटन गरेकी हुन् ।
आम नागरिकको सुविधालाई मध्यनजर गर्दै दैलेखमै पहिलो पटक होण्डा मोटरसाईकलको सोरुम संचालनमा ल्याएको आधिकारिक बिक्रेता डाँफे अटो पार्टस एण्ड सप्लायर्स दैलेखका संचालक राजु खड्काले जानकारी दिए । होण्डा ब्राण्डको मोटरसाईकल जापनीज प्रविधीबाट बनेकाले भरपर्दो र माइलेज पनि बढी दिने तथा अति कम्फर्टेवल र मुल्य पनि कम रहेकोले अन्य मोटरसाईकलको तुलनामा राम्रो रहेको संचालक खड्काले बताए ।
संचालक खड्काले सोरुम संचालनमा ल्याईएको एक हप्ताभित्र मोटरसाईकल खरिद गरेमा बैकल्पिक सामानहरु लेगगार्ड र हेलमेट निःशुल्क दिइने समेत समेत घोषणा गरेका छन् । उद्घाटन कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका महासचिब राजेश कुमार हमाल, बिभिन्न स्थानीय तहका जनप्रतिनीधि लगायत सदरमुकामस्थित व्यवसायीहरु लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *