दैलेखमा आजदेखी वर्षे मेला शुरु

मातृभूमी संवाददाता । २२ साउन दैलेख
दैलेखमा आज (शुक्रवार) गठेमंगल पर्व मनाईदै छ । गठेमंगललाई घण्टाकणर् पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । आज (शुक्रवार)देखी दैलेखमा यस वर्षको वर्षे मेला शुरु हुँदैछ । गठेमंगलको दिन आज (शुक्रवार) विभिन्न टोल-टोलमा युवाहरु जम्मा भई गठेमंगल वनाई वाटो छेक्ने गरिन्छ ।
भूतको पुतलाका रुपमा बनाइएको घण्टाकणर् राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ । किंवदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्दथ्यो । त्यसपछि उसलाई घण्टाकणर् भन्न थालियो ।
त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्दथ्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए । एकदिन घण्टाकणर् मर्‍यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रही आएको किंवदन्ती छ ।
गठेमंगलका दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो वा चौबाटोमा राख्ने गरिन्छ ।
यस वर्ष विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणका कारण भिडभाड नगरी औपचारिकताका लागी मात्र गठेमंगल मनाईने न्यु ज्वाला क्लव दैलेखका अध्यक्ष विशाल सुनारले जानकारी दिए । उनले कला संस्कृतिको संरक्षणका लागी भएपनि औपचारिकताका लागी मात्रै भएपनि दैलेखका न्यु ज्वाला क्लव, भगवती युवा क्लव, एभरेष्ट क्लव र सुनगाभा युवा क्लवले मात्र गठेमंगल राख्ने वताए ।
कोरोना संक्रमणका कारण गत वर्ष जस्तै यस वर्ष पनि औपचारिकतामा मात्रै वर्षे मेला मनाउन लागिएको सुनारले जानकारी दिए । दैलेखको सवैभन्दा लामो वर्षे मेला गठेमंगलका दिनदेखी कृष्ण जन्माष्टमीको दिन सम्म लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *